समाचार
Flash News
ग्यालरी
ण्डनदेउपुर नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगरपालिका घोषणा गरिएको छ। आज एक कार्यक्रमका विच नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगरपालिका घोषणा गरिएको छ । कार्यवहाक नगर प्रमुख विष्णुमणी नेपालको सभाध्यक्षतामा कार्यक्रम सु-सम्पन्न गरिएको छ। प्रत्येक घरधुरी सर्वेक्षणका आधारमा आधारभूत तह अध्ययन गर्ने उमेर समुहका बालवालिका विद्यालय बाहिर नरहेको तथ्याङ्कलाई आधार लिएर नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगरपालिका घोषणा गरिएको हो। कार्यक्रमबाट अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगरपालिका घोषणा गर्न सकारात्मक भूमिकाको कदर गर्दै नगरपा
नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रधान तथा रक्तदान कार्यक्रमका जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भयो।
स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा ज्यु तथा यस नगरपालिकाका प्रविधिकहरु (सव इन्जिनियर) शुर्य प्रसाद ढकाल, हरिशरण ढकाल र निमेष श्रेष्ठ ज्यूहरुको विदाई तथा स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा पुरुषोत्तम सेडाइ ज्यु तथा यस नगरपालिकाका प्रविधिक कर्मचारी ज्यूहरुको स्वागत कार्यक्रमका केही झलकहरु।
स्थानीय तह निर्वाचन, २०७९ अन्तर्गत काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत जस्तो गरिमामय पदमा खटिनु भई “स्वच्छ , निष्पक्ष र भयरहित” निर्वाचन सम्पन्न गर्ने कार्यमा अनुशासन र इमान्दारिता पूर्वक उहाँले पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कनको कदर गर्दै श्री शान्ता नेपाल मरासिनी लाई विदाई गर्दाका केही तस्विरहरु।
यस कार्यलयकमा कार्यालय प्रमुखका रुपमा हाजरी हुनु भएका प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी. ज्यू तथा अन्य कर्मचारी ज्यूहरुलाई यस नगरपालिकामा स्वागत गर्दाका केही झलकहरु।
यस कार्यालयमा शिक्षा शाखा प्रमुखका रुपमा हजिरी हुनु भएका उप सचिव (दशौँ तह) श्री डिक बहादुर राई ज्यूलाई नगरपालिकामा स्वागत गर्दै यस कार्यालयको योजना शाखामा कार्यरत अधिकृत छैटौँ श्री मनोज अधिकारी ज्यूको विदाई कार्यक्रमका केही झलकहरु।
मण्डनदेउपुर नगरपालिका वडा नं. 7, कुन्तावेशीमा नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रको हिँगुवापाटी नो-लाईट तथा आय काउन्टर शाखा उद्घाटन कार्यक्रमका केही झलकहरु। हिँगुवापाटी नो-लाईट तथा आय काउन्टर शाखा सञ्चालन भए संगै अब देखि विद्युत महसुल तिर्न पाँचखाल सम्म पुगिराख्नु पर्ने समस्याको समाधान भएको छ। विद्युत महशुल आफ्नै नगरपालिकामा तिर्न सकिने सुविधा २०७८।०४।०८ गते देखि शुरुवात भएको छ।
मण्डनदेउपुर नगरपालिकाद्वारा काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे ज्यू, जिल्ला प्रहरी प्रमुख श्री चक्रराज जोशी, राष्ट्रिय अनुसन्धान विभागका काभ्रे जिल्ला प्रमुख श्री नगेन्द्र प्रसाद दाहाल तथा सशस्त्र प्रहरी बल पाँचखालका डि.एस.पि. श्री बासुदेव महत ज्यूहरुलाई गरिएको स्वागत कार्यक्रमका केही तस्विरहरु।
लागत साझेदारीमा पाडी वितररण कार्यक्रमका केही झलकहरु।
मण्डनदेउपुर नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम नगर प्रमुख श्री टोक बहादुर वाईवाको अध्यक्षता, अतिथिहरु नगर उपप्रमुख बिष्णुमणी नेपाल, प्रमुख प्रशासकीय अधिकृत डा. लोक बहादुर लोप्चन, वडा अध्यक्षज्यूहरु, नगर प्रमुख र नगर उप प्रमुखका स्वकिय सचिवज्यूहरु, बिषयगत शाखाका प्रमुखज्युहरु तथा अन्य कर्मचारीहरु र वडाहरु १,२,३,९,११ का लघु उद्यमीहरुको सहभागितामा उपयुक्त प्रविधिहरु सिलाई मेसिन ७ वटा, मौरी घार ८ वटा, स्प्रे पम्प १२ वटा, मिक्चर मेसिन सेट १, पलम्बर सेट २ का सामग्रीहरु हस्तान्तरण गरियो। उक्त कार्यक्रमका केही झलकहरु।
यस कार्यालयमा प्रमुखका प्रशासकीय अधिकृतको रुपमा हजिरी हुनु भएका श्री मान बहादुर खड्काज्यूलाई नगरपालिकामा स्वागत गर्दै गर्दाका केही तस्विरहरु।