FAQs Complain Problems

ग्यालरी

मन्डनदेउपुर नगरपालिका न्यायिक समितिको आयोजनामा न्यायिक समिती, मेलमिलापकर्ता, प्रहरी र जनप्रतिनिधिको बिचमा आज मिति २०७९ साल माघ १७ गते समन्वय बैठक को आयोजना गरियो। न्यायिक समिती सयोजक श्री बिस्णुमणी नेपालको अध्यक्षतामा भएको बैठकको नगर प्रमुख टोक बहादुर वाइबाले प्रमुख आथिथ्यता गर्नु भएको थियो। बैठकमा न्यायिक समिती, नगर मेलमिलाप केन्द्र, मेलमिलापकर्ताहरु, तीन वटै प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो। प्रमुख प्रशासकिय अधिकृत , शाखा प्रमुख तथा सम्पुर्ण कार्यपालिका टिमको सकृय सहभागितामा न्यायिक समिती र बिबाद समाधान तथा समन्वयको बारेमा सुझाब र प्रतिबद्धता प्राप्त भएका छ्न।

मिति: 01/31/2023 - 17:57
, , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मण्डनदेउपुर नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम नगर प्रमुख श्री टोक बहादुर वाईवाको अध्यक्षता, अतिथिहरु नगर उपप्रमुख बिष्णुमणी नेपाल, प्रमुख प्रशासकीय अधिकृत डा. लोक बहादुर लोप्चन, वडा अध्यक्षज्यूहरु, नगर प्रमुख र नगर उप प्रमुखका स्वकिय सचिवज्यूहरु, बिषयगत शाखाका प्रमुखज्युहरु तथा अन्य कर्मचारीहरु र वडाहरु १,२,३,९,११ का लघु उद्यमीहरुको सहभागितामा उपयुक्त प्रविधिहरु सिलाई मेसिन ७ वटा, मौरी घार ८ वटा, स्प्रे पम्प १२ वटा, मिक्चर मेसिन सेट १, पलम्बर सेट २ का सामग्रीहरु हस्तान्तरण गरियो। उक्त कार्यक्रमका केही झलकहरु।

मिति: 12/27/2022 - 15:13
, , , , , , , , , , , ,

Pages