FAQs Complain Problems

वडा नं. १

       मण्डनदेउपुर नगरपालिका वडा नं. १ साविको वालुवापाटी देउपुर गा.वि.स. को वडा नं. १,३,५ र ६ मिलेर वनेको वडा हो। करीव २३००० रोपनी मा फैलिएको यस वडामा ३४८१ जनसंख्‍या रहेको छ। यहाँ वसोवास गर्ने प्रमुख जातीहरुमा तामाङ, वाहुन, क्षेत्री, दमाई, कामि र मगर रहेको छ। यस वडाका वासीन्दाको मुख्‍य पेशा कृषि तथा पशुपालन, वैदेशिक रोजगारी, ज्याला मजदुरी, सेवा पर्यटन रहेको छ। हावापानी उष्ण - समाशितोष्ण रहेको तथा उचाई ७५० मि. देखि १८५० मि. सम्म रहेको छ। यस वडाको पुर्वमा यहि न.पा. को वडा नं. २ र ५, पश्‍चिमा यहि न.पा. को वडा नं. २ र शंखरापुर न.पा., उत्तरमा शंखरापुर न.पा. र मेलम्ची न.पा. र दक्षीणमा यहि न.पा. को वडा नं. २ रहेका छन्। यस वडामा कुल घरधुरी ७४७, कुल विद्यालय ४, जम्मा विद्यार्थी ३०४, मुख्‍य सडक कात्तिके - ढाँडागाँउ - गैरीगाँउ - रानीवन चुरीथुम्का सडक, साखु - कात्तिके - चुरीथुम्का - सिपाघाट सडक र नगरकोट - वालुवापाटी - गैरीविसौना - हिगुवापाटी सडक रहेका छन्।

सम्पर्क नं.

वडा अध्यक्ष : शिवप्रसाद ढकाल :- ९८४३५५८३३९

वडा सदस्य : राजकुमार बस्ताकोटी :- ९८४९९०९३९९

वडा सदस्य : सन्तोष ढकाल :- ९८६००१७४१४

महिला सदस्य : सरिता दुलाल :-  ९८६६२८८४०१

दलित महिला सदस्य :सुन्तली वि.क. :- ९८६०९१७५१५

वडा सचिव : जुना कुमारी थापा :- ९८४७७२९८३१