समाचार
Flash News
ग्यालरी
मन्डनदेउपुर नगरपालिका न्यायिक समितिको आयोजनामा न्यायिक समिती, मेलमिलापकर्ता, प्रहरी र जनप्रतिनिधिको बिचमा आज मिति २०७९ साल माघ १७ गते समन्वय बैठक को आयोजना गरियो। न्यायिक समिती सयोजक श्री बिस्णुमणी नेपालको अध्यक्षतामा भएको बैठकको नगर प्रमुख टोक बहादुर वाइबाले प्रमुख आथिथ्यता गर्नु भएको थियो। बैठकमा न्यायिक समिती, नगर मेलमिलाप केन्द्र, मेलमिलापकर्ताहरु, तीन वटै प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो। प्रमुख प्रशासकिय अधिकृत , शाखा प्रमुख तथा सम्पुर्ण कार्यपालिका टिमको सकृय सहभागितामा न्यायिक समिती र बिबाद समाधान तथा समन्वयको बारेमा सुझाब र प्रतिबद्धता प्राप्त भएका छ्न।
USAID/BHA , IOM/UN, NSET, LWF, PAC को सहयोगमा मिति २०७९ साउन ९ र १० गते नगरपालिकाको सभाहलमा विपद् जोखिम न्यूनीकरणको स्थानीयकरण सम्बन्धी दुई दिने तालिम कार्यक्रमको केही झलकहरु।
नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तरगत समुदायिक विद्यालयका शिक्षकहरुसँग नगर प्रमुख श्री टोक बहादुर वाईबाको अध्यक्षतामा संविधान सभा सदस्य श्री कृष्णप्रसाद सापकोटा, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार एवम् नेपाल सरकारका पूर्व गृह सचिव श्री जनार्दन नेपाल, शिक्षाविद् विद्यानाथ कोइराला, ज्ञानोदाय मा.वि काठमाडौँका पूर्व प्र.अ. तथा शिक्षाविद् धनन्जय शर्मा, मेधा मा.वि. भक्तपुरका प्र.अ. श्री गंगाधर हाडाज्यूहरुको अनुभव आदानप्रदान सहित नगर उपप्रमुख श्री विष्णुमाणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत डा.
मण्डनदेउपुर नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेट तयारी गोष्ठी नगरप्रमुख श्री टोक बहादुर वाईबाको अध्यक्षतामा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख श्री दिपक कुमार गौतमज्यू, श्री उपप्रमुख विष्णुमणी नेपालज्यू, प्रमुख प्रशासकीय अधिकृत डा. लोक बहादुर लोप्चनज्यू, जिल्ला समन्वय समितिका सदस्यज्यूहरु, नगरस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरु, शाखा प्रमुखज्यूहरु, पत्रकारज्यूहरुको उपस्थितिमा सम्पन्न भयो। उक्त कार्यक्रमका केही तस्विरहरु।
मण्डनदेउपुर न.पा. को ७०% अनुदानमा रु ३२,७६,०००।– लागतमा ४२०० वटा दुग्ध क्यान वितरण कार्यक्रम नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चन, १ देखि १२ वडाका वडाध्यक्ष तथा नगर कार्यपालिकाका सदस्य, कर्मचारीहरु र लाभग्राही कृषक तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कोभिड-19 बाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यक्रम अन्तरगत रु ५८,७०,०००।– वडा नं. १ देखि १२ सम्मका ५८७ घर परिवारलाई नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाज्यूको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चन, १ देखि १२ वडाका वडाध्यक्ष तथा नगर कार्यपालिकाका सदस्य, कर्मचारीहरु र लाभग्राहीहरुको उपस्थिति रहेको थियो।
५६ औँ अन्त्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजित विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक/शिक्षक विद्यार्थी सम्मान कार्यक्रम नगर प्रमुख श्री टोक बहादुर वाईबाको अध्यक्षतामा शैक्षिक सत्र २०७८ सालको कक्षा ५, ८ र एस्.ई.ई. परीक्षामा उत्कृष्ट सिकाइ उपलब्धिका आधारमा नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, वि.व्य.स. अध्यक्ष तथा विद्यालयहरुलाई गरिएको सम्मान कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय श्री लक्ष्मण लम्साल, नगर उपप्रमुख श्री विष्णुमाणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत डा.
मिति: २०७७/०८/०९ र १० गते नगर प्रमुख श्री टोक बहादुर वाइबा को प्रमुख अध्यक्षतामा , प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपाने, विभिन्न वडाको वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, स्वास्थ्य शाखाका प्रमुख श्री सुशीला कठायत तथा स्वास्थ्य शाखाका कर्मचारीहरु र विद्यालयका प्र.अ.हरुको सहभागितामा कोरोना भाइरस (Covid-19) महामारी रोगका कारण बन्द रहेका यस नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरु व्यवस्थित रुपमा संचालन गर्नका निमित्त विद्यालय संचालन कार्य ढाँचा विषयमा छलफल तथा विद्यालय संचालन व्यवस्थापनका लागि विभिन्न स्वास्थ्य सामग्रीहरुः माक्स, स्यानिटाइजर, साबुन, बाल्टिन आदि वित
यस न.पा. मा कार्यरत शिक्षा शाखा प्रमुख, ज्युको बिदाई तथा स्वागत कार्यक्रममा ।
शैक्षिक अन्तरक्रिया तथा शुभकामना कार्यक्रम।
प्रमुख प्रशासकीय अधिकृत श्री भीम कान्त शर्मा तथा यस नगरपालिकाका संस्थापक निमित्त कार्यकारी अधिकृत नायव सुब्वा श्री विष्णु वहादुर विष्टज्युहरुको विदाइ र प्रमुख प्रशासकीय अधिकृत श्री मोहन अधिकारी तथा शाखा अधिकृत सुजन सुभ भ्लोनज्युहरुको स्वागत कार्यक्रम।
प्रधानमन्त्री रोजगार कार्यक्रमको समुद्घाटन यस कार्यक्रम अन्तरगत निम्न बमोजिमका कार्यहरु हुने छन्।
वडागत रुपमा सञ्चालन भएको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्बन्धि व्यवसाय सचेतना तथा शुरु एवं लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धि तालिमका केहि झलकहरु।
मण्डनदेउपुर नगरपालिकाले नगर भित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरुलाई विद्यार्थिको स्वास्थ्य सुरक्षाका साथ पठनपाठन सञ्चालनका लागि माक्स, स्यानिटाइजर र वाल्टिन वितरण गरेको छ। नगर प्रमुख श्री टोक बहादुर वाईवा ज्यूद्धारा स्वास्थ्य सामग्रीहरु वितरणका केही झलकहरु।
जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोक प्रशासकीय भवन जीर्ण भई नयाँ भवन बनाउँदा हालको भवन भत्काउनु पर्ने भएकाले कार्यालयको दैनिक प्रशासनिक कामकाज तथा कारागार भित्रका कैदिबन्दिहरुको क्षमता विकास र सिप विकास सम्बन्धि कामकाज सञ्चालन गर्नका लागि ट्रस निर्माण गर्नुपर्ने भएकाले ट्रस निर्माणका लागि जिल्ला कारागार कार्यालय, धुलिखेलका कारागार प्रमुख श्री गायत्री अधिकारीलाई मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख श्री टोक बहादुर वाईबा मार्फत रु एक लाख उनान्सय हजार नौ सय त्रिसठ्ठी रुपैयाँ (रु १,९९,९६३।००) को चेक हस्तान्तरण गर्दाका केही झलकहरु।
कोरोना भाइरस (COVID-19) बाट मृत्यु भएका व्यक्तिका परिवार तथा भन्टिलेटरमा उपचार गराएका बिरामीहरुका लागि नगरपालिकाबाट उपलब्ध गराइएको आर्थिक सहयोग वितरण समारोहका केही झलकहरु।
सहायक प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मीदेवि हुमागाई खतिवडा ज्यूबाट यस नगरपालिकाको न्यायिक इजलास र न्यायिक समितिले गरेका कामहरुको अवलोकन तथा निरिक्षण गर्नु भएको छ। सो अवसरमा नगरपालिकाका उपप्रमुख श्री निर्मला शाही ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपाने ज्यू लगायत सिभिक्ट नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो।