मण्डनदेउपुर न.पा. को ७०% अनुदानमा रु ३२,७६,०००।– लागतमा ४२०० वटा दुग्ध क्यान वितरण कार्यक्रम नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चन, १ देखि १२ वडाका वडाध्यक्ष तथा नगर कार्यपालिकाका सदस्य, कर्मचारीहरु र लाभग्राही कृषक तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
समाचार
Flash News
ग्यालरी
नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तरगत समुदायिक विद्यालयका शिक्षकहरुसँग नगर प्रमुख श्री टोक बहादुर वाईबाको अध्यक्षतामा संविधान सभा सदस्य श्री कृष्णप्रसाद सापकोटा, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार एवम् नेपाल सरकारका पूर्व गृह सचिव श्री जनार्दन नेपाल, शिक्षाविद् विद्यानाथ कोइराला, ज्ञानोदाय मा.वि काठमाडौँका पूर्व प्र.अ. तथा शिक्षाविद् धनन्जय शर्मा, मेधा मा.वि. भक्तपुरका प्र.अ. श्री गंगाधर हाडाज्यूहरुको अनुभव आदानप्रदान सहित नगर उपप्रमुख श्री विष्णुमाणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत डा.
USAID/BHA , IOM/UN, NSET, LWF, PAC को सहयोगमा मिति २०७९ साउन ९ र १० गते नगरपालिकाको सभाहलमा विपद् जोखिम न्यूनीकरणको स्थानीयकरण सम्बन्धी दुई दिने तालिम कार्यक्रमको केही झलकहरु।
स्थानीय तह निर्वाचन, २०७९ अन्तर्गत काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत जस्तो गरिमामय पदमा खटिनु भई “स्वच्छ , निष्पक्ष र भयरहित” निर्वाचन सम्पन्न गर्ने कार्यमा अनुशासन र इमान्दारिता पूर्वक उहाँले पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कनको कदर गर्दै श्री शान्ता नेपाल मरासिनी लाई विदाई गर्दाका केही तस्विरहरु।