समाचार
Flash News
वडा नं. १२
वाग्मति अञ्चल काभ्रेपलाम्चोक जिल्लाको ज्याम्दी गाविस भनेर चिनिने यो गाँउ राज्य पुनर्सम्रचना पछि पुर्व ज्यम्दी गाविस का वडा नं. १,२,३,४ र ६ वडा मिलेर मण्डनदेउपुर नगरपालिका वडा नं. १२ नामाकरण गरिएको हो। पुर्व इन्द्रावती, पश्चिम देउराली रामपुर डाँडा, उत्तर वडा नं. १० र दक्षिणमा भुल्लु गाँउपालिका वडा नं. ९ भित्र रहेको यो वडा नं. १२ मा गाँउ भेग र वेशी भेगमा वसोवास योग्य जमिन छ भने विच भागमा जंगल पर्दछ। व्राम्हण क्षेत्रीको वाहुल्यता रहेको यस वडामा दलित जातिको पनि वाक्लो वस्ती छ साथै तामाङ र ठकुरी पनि यस वडामा वसोवास गर्छन।खानेपानीको चरम दु:ख रहेको यस वडामा हाल विद्युतिय पम्पिङवाट पानिको व्यवस्था गरिएको छ। वाटो घाटो र सिंचाइको सामान्य अवस्था रहेको यस वडामा विकाश निर्माणले फड्को मार्न सकेको छैन।
एक उच्च मा.वि. एक मा.वि. र दुई आधारभुत विद्यालय रहेको यस वडामा एक निजी विद्यालय पनि रहेको छ।शिक्षाको क्षेत्रमा राम्रै प्रगति गरेको यस वडामा निरक्षरको संख्या कमैमात्रमा देखिन्छ। करिव २७०० भन्दा माथि जनसंख्या रहेको यस वडामा २०७२ को भुकम्प पछि केहि परिवार विस्थापित पनि भएका छन्। भुकम्प पछिको पुनर्निमाण गर्ने क्रममा विद्यालयहरु निर्माण भै सकेका छन् भने निजि घर निर्माणमा ४६० ईर पुर्ण रुपमा निर्माण भैसकेका छन्। करीव ६५ घर धुरी निर्माणको चरणमा छन्। पुनर्निर्माणका लागि सम्झौता गरि घर निर्माण नगर्नेको संख्या कमै छ। त्रिनेत्रेश्जर महादेवको उत्पति पछि पुण्य भुमिको रुपमा परिचित हुँदै आएको यो वडामा गणेश मन्दिर, महादेव मन्दिर, भिमसेन मन्दिर, पञ्चकन्या सातकन्या देविको मन्दिर, कृष्ण मन्दिर र भगवती मन्दिर समेत रहेका छन्। साथै यस वडामा ऐतिहासिक स्त्रश्वा छेलिङ गुम्वा पनि रहेको छ।
सम्पर्क नं.
वडा अध्यक्ष : राजकुमार पराजुली :-
वडा सदस्य : दिपेश ठकुरी :-
वडा सदस्य : नवराज प्रसाद पराजुली :-
महिला सदस्य : इन्दिरा पराजुली :-
दलित महिला सदस्य : प्रमिला रोक्का नेपाली :-
वडा सचिव : कपिलदेव प्रसाद सहा :- ९८६१३५२७५०
स्वास्थ्य चौकी इन्चार्ज: यदुनाथ चापागाई: ९८४५०३५९७५