FAQs Complain Problems

वडा नं. ३

                वाग्मति अञ्चल काभ्रेपलाम्चोक जिल्लाको नयाँगाउँ देउपुर गाविस भनेर चिनिने यो गाँउ राज्य पुनर्सम्रचना पछि पुर्व नयाँगाउँ देउपुर  गाविस का वडा नं. ३,४,७,८ र ९ वडा मिलेर मण्डनदेउपुर नगरपालिका वडा नं. ३ नामाकरण गरिएको हो । पुर्वमा वडा नं. ४, पश्चिममा नगरकोट डाँडा, उत्तरमा वडा नं. २ र दक्षिणमा बनेपा नगरपालिका क्षेत्र भित्र रहेको यो वडा नं. ३ मा गाँउ भेग र वेशी,लेक भेगमा वसोवास योग्य जमिन छ भने विच भागमा जंगल पर्दछ । व्राम्हण,गुरुङर तामाङको वाहुल्यता रहेको यस वडामा दलित जातिको पनि वस्ती छ  । खानेपानीको सहजता साथै मोटरबाटो चरम दुखः रहेको यस वडामा हाल वाटो घाटो र सिंचाइको सामान्य अवस्था रहेको यस वडामा विकाश निर्माणले फड्को मार्न सकेको छैन । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई आम्दानीको श्रोतको रुपमा लिन्छन । धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक रहेकोले यस नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको छ । २०७२ सालको बिनासकारी भुकम्पले प्राय सवै घरघुरी प्रवाहित भएका छन ।

      मध्यम पहाडी हावापानी भएको यस वडामा तिन आधारभुत विद्यालय रहेको छ । शिक्षाको क्षेत्रमा प्रगति नगरेको यस वडामा प्राय निरक्षर देखिन्छ । करिव १७०० भन्दा माथि जनसंख्या रहेको यस वडामा २०७२ को भुकम्प पछि केहि परिवार विस्थापित पनि भएका छन्। भुकम्प पछिको पुनर्निमाण गर्ने क्रममा विद्यालयहरु निर्माण हुने क्रममा छन भने निजि घर पनी निर्माण हुने र हुदै छन् । करीव ५० घर धुरी निर्माणको चरणमा छन् । पुनर्निर्माणका लागि सम्झौता गरि घर निर्माण नगर्नेको संख्या कमै छ ।

सम्पर्क नं.

वडा अध्यक्ष :पुरुषोतम बजगाई :- ९८४१४२४३६५

वडा सदस्य : राजेन्द्र तामाङ:-  ९८६१९२४७१७

महिला सदस्य : होइसाल तामाङ :- 

दलित महिला सदस्य : गीता दमाई :- 

वडा सचिव : नरेश कुमार महतो:- ९८४४१३८५६२

स्वास्थ्य चौकी इन्चार्ज: राम अधिन भगत:  ९८४१४६५१९१