सामुदायिक विद्यालयमा कार्यरत रहरु स्वेच्छिक अवकास लिनु भएका शिक्षकहरुको सम्मान तथा प्रोत्साहन रकम वितरण कार्यक्रमका २०७७।
समाचार
Flash News
ग्यालरी
मिति: २०७७।२।१३ गतेका दिन यस नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री टोक बहादुर वाइवा, नगर उप प्रमुख श्री निर्मला शाही, प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपाने, नगर सल्लाकार श्री गोकुल गौतम, वडा अध्यक्षहरु, शिक्षा शाखा अधिकृत श्री लोकेन्द्र बहादुर विष्ट, सूचान तथा प्रविधि शाखा अधिकृत श्री उमेश अधिकारी, स्वास्थ्य शाखाका अधिकृत श्री दिपक कुमार घिमिरे, नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कका अध्यक्ष श्री लोचन लाल अमात्य, कार्यकारी निर्देशक डा. राजन पराजुली , डा.
मिति: २०७७/२/८ गतेका दिन शैक्षिक नमूना ग्रामीण बिकास केन्द्रको आयोजना एवं सस्थाका अध्यक्ष श्री जनार्दन नेपालको संयोजन र मण्डनदेउपुर नगरपालिका नगर शिक्षा समिति का अध्यक्ष तथा नगर प्रमुख श्री टोक बहादुर वाइवाको प्रमुख आतिथ्यता र संविधान सभा सदस्य एवं पूर्व माननीय श्री कृष्ण प्रसाद सापकोटा ज्युको विशेष आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला शाही, प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने, नगर सल्लाकार गोकुल गौतम, नगर शिक्षा शाखा लगायतका कर्मचारीहरु, नगर स्थित सम्पूर्ण सामुदायिक विद्यालयका प्र. अ.
नगर प्रमुख श्री टोक बहादुर वाइवा ज्यूको अध्यक्षतामा मिति २०७७/०१/१४ गते स्वास्थ्य समितिको बैठक बसि कोभिड-19 भाइरससंग सम्बन्धित रहि स्वास्थ्य संस्थाहरुले हालसम्म गरेका कार्यहरुको बारे समिक्षा तथा विभिन्न व्यक्ति, संघ संस्था र दातृ निकायहरु मार्फत प्राप्त भएका Infrared Thermometer र PPE सेट न.पा. अन्तरगतका स्वास्थ्य संस्थाहरु र सुरक्षा चौंकीहरुलाई वितरण गरिएको कार्यक्रमका केहि झलकहरु।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तयार गरिएको Covid-19 Surveillance System को मोबाइल एप नगरपालिका भित्रका सबै नागरिकहरुको पहुँचमा पुर्याउने सन्दर्भमा आज मिति: २०७७/०१/०४ गते उक्त मोबाइल एप प्रयोग सम्बन्धी नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रसासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, न.पा. का कर्मचारीहरु र स्वास्थ्य चौकीका प्रमुखहरु सहभागी भई भिडियो कन्फेरेन्सबाट अभिमुखीकरण भयो।उक्त एप प्रयोग सम्बन्धमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क बाट डा. राजन पराजुली, काठमाडौँ मोडेल अस्पतालका डा. उदय कोइराला, धुलिखेल अस्पतालका डा. राम बहादुर गुरुङ्ग, डा.
आज मिति २०७६ साल चैत्र १९ गते का दिन यस मन्डनदेउपुर नगरपालिका अन्तरगतका मुख्य चोक तथा सडकहरु मा डिसइन्फेक्टेन्ट स्प्रे गर्ने कार्यको शुभारम्भ कुन्ताबेशि चोकबाट गरियो साथै यस नगरपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाइन को निरीक्षण गर्न काभ्रेपलाञ्चोक जिल्लाका प्र.जि.अ. ज्युको नेतृत्वमा जिल्लाका सुरक्षा तथा स्वास्थ्य प्रमुखहरुको उपस्थितिमा महादेव प्रा.वि वडा नं. ६ को क्वारेन्टाइनमा राखिएका ७ जना ब्यक्तिहरुको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिईयो।
मण्डनदेउपुर नगरपालिकाको विषेश पहलमा यस नगरबाट प्रतिनिधित्व गर्नुहुने संविधान सभा सदस्य द्धय श्री कृष्ण प्रसाद सापकोटा र श्री विदुर प्रसाद सापकोटा, नगर प्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, नगरकार्यपालिकाका सदस्यहरु, नगरका प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कन्सल्टेन्टहरु लगायत नगरपालिकाका कर्मचारीहरु सहितको टोलिले यस नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य प्रारम्भ गर्न यस नगरपालिकाको मनमती डाँडाको जग्गामा DPR तयार पारि अन्तिम रुप दिनका लागि स्थलगत रुपमा अवलोकन तथा निरीक्षण गरि