जिल्ला खेलकुद विकास समिति, काभ्रेको आयोजनामा मिति २०७८।०१। १३ देखि १५ सम्म पनौती रंगशालामा सम्पन्न भएको बाह्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मण्डनदेउपुर नगरपालिकाकाबाट एथ्लेटिक्स अन्तर्गतका केही विधामा मात्र सहभागी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै ३ वटा स्वर्ण पदक, ३ वटा कास्य पदक र ७ वटा रजत गरी जम्मा १३ वटा पदक जित्न सफल भएकोमा खेलाडी र विद्यालयहरुलाई हार्दिक बधाई दिदै सवैलाई सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहान्छौ।
समाचार
Flash News
ग्यालरी
मण्डनदेउपुर नगरपालिकाको आयोजनामा मिति 2077।12।24 र 25 गते श्री डेडीथुम्का मा.वि. महादेवस्थानमा सञ्चालित नगर स्तरीय अन्तर माध्यामिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमका संयोजक श्री गोविन्द प्रसाद पराजुली, प्रमुख अतिथि श्री टोक बहादुर वाइवा, विशेष अतिथि नगर उप-प्रमुख श्री निर्मला शाही, प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपाने, वडाध्यक्ष ज्यूहरु, नगरपालिकाका कर्मचारीहरु, वि.व्य.स. का पदाधिकारी, प्र.अ.
जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोक प्रशासकीय भवन जीर्ण भई नयाँ भवन बनाउँदा हालको भवन भत्काउनु पर्ने भएकाले कार्यालयको दैनिक प्रशासनिक कामकाज तथा कारागार भित्रका कैदिबन्दिहरुको क्षमता विकास र सिप विकास सम्बन्धि कामकाज सञ्चालन गर्नका लागि ट्रस निर्माण गर्नुपर्ने भएकाले ट्रस निर्माणका लागि जिल्ला कारागार कार्यालय, धुलिखेलका कारागार प्रमुख श्री गायत्री अधिकारीलाई मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख श्री टोक बहादुर वाईबा मार्फत रु एक लाख उनान्सय हजार नौ सय त्रिसठ्ठी रुपैयाँ (रु १,९९,९६३।००) को चेक हस्तान्तरण गर्दाका केही झलकहरु।
वडागत रुपमा सञ्चालन भएको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्बन्धि व्यवसाय सचेतना तथा शुरु एवं लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धि तालिमका केहि झलकहरु।
मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष ज्यूहरु तथा नगरपालिकाका प्राविधक लगायत अन्य -कर्मचारीहरुको टोलिले निर्माणाधिन रहेको नगर अस्पताल,नगरपालिकाको प्रशासकीय भवन तथा अन्य योजनाहरुको अवलोकन कार्यक्रमका केहि झलकहरु।
१११ औं अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा मण्डनदेउपुर नगरपालिका न्यायीक समितिको आयोजनामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रम नगर-उपप्रमुख श्री निर्मला शाहीको अध्क्षता तथा नगर प्रमुख श्री टोक बहादुर वाईबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रमा विभिन्न क्षेत्रमा आवद्द १५० भन्दा बढि महिलाहरुको उपस्थितिमा श्रमिक, सुकुम्वासी, हिंसा पिडित, जेष्ठ, अपाड्ड्गता तथा राजनितिक क्षेत्रका महिलाहरु गरि १२ जनालाई सम्मान गरियो। उक्त कार्यक्रमा केही झलकहरु।