जनता वैँक कुन्तावेशी शाखाको सहयोगमा स्त्री तथा प्रशुती रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर निम्न मिति, समय र स्थानमा हुने भएकोले उक्त शिविरमा उपस्थित भई लाभ लिनुहुन अनुरोध छ।
यस मण्डनदेउपुर नगरपालिकाका सबै वडाहरुमा पशु सेवा शाखा अन्तरगतका एक गाँउ एक पशु सेवा प्राविधिकवाट जै घाँसको विउ मिति २०७५।०९।०३ गतेबाट वितरण भएको सर्वसाधारणमा जानकारीको लागि अनुरोध छ।
मिति २०७५ माघ २२ गते २८५५ औं सोनाम ल्होसारको अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दछौ साथै यस नगरपालिका र नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
मिति २०७५ साल फागुन २४ गते देखि पशुहरुमा लाग्ने मुख्य रोगहरु जस्तै: बाख्रालाई P.P.R., गाई/भैसिलाई F.M.D. (खोरेत) र कुखुरुमा रानिखेत जस्ता खोपहरु संचालन भई रहेकोले सम्बन्धित कृषहरुले आ-आफ्नो वडा कार्यलयका पशु सेवा प्रविधिकहरु बाट उक्त सेवा लिनुहुन अनुरोध छ।