समाचार
Flash News
शैक्षिक सत्र २०७७ देखि लागू भएको आधारभुत तह ( कक्षा १-३) को एकिकृत पाठ्यक्रमको प्रबोधिकरण कार्यक्रमका केही झकहरु
मिति: २०७७/२/८ गतेका दिन शैक्षिक नमूना ग्रामीण बिकास केन्द्रको आयोजना एवं सस्थाका अध्यक्ष श्री जनार्दन नेपालको संयोजन र मण्डनदेउपुर नगरपालिका नगर शिक्षा समिति का अध्यक्ष तथा नगर प्रमुख श्री टोक बहादुर वाइवाको प्रमुख आतिथ्यता र संविधान सभा सदस्य एवं पूर्व माननीय श्री कृष्ण प्रसाद सापकोटा ज्युको विशेष आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला शाही, प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने, नगर सल्लाकार गोकुल गौतम, नगर शिक्षा शाखा लगायतका कर्मचारीहरु, नगर स्थित सम्पूर्ण सामुदायिक विद्यालयका प्र. अ. हरु, प्राथमिक तह कक्षा १/३ मा अध्यापन गराउनु हुने लगायत अन्य शिक्षकहरु, नगर शिक्षा समितिका सदस्यहरु, ,वडा अध्यक्षहरु सहितको सहभागितामा शैक्षिक सत्र २०७७ देखि लागू भएको आधारभुत तह ( कक्षा १-३) को एकिकृत पाठ्यक्रमको प्रबोधिकरण कार्यक्रम सञ्चालन भयो। कोरोनाको महामारी कोभिड 19 को कारणले विद्यालयहरु बन्द भएको अवस्थामा शिक्षकहरुलाई पाठ्यक्रमको प्रबोधिकरण गरि कक्षा सञ्चालनको तयारी स्वरुप गरिएको यस कार्यक्रममा शिक्षण सिकाइमा सूचना प्रविधिका दृष्टिले समेत अत्यन्त प्रभावकारी रह्यो।कार्यक्रममा निम्न पाठ्यक्रम विज्ञहरुबाट सहजीकरण भएको थियो।
१. पाठ्यक्रम विकास केन्द्रका पूर्व महानिर्देशक डा.लेखनाथ पौडेल
२.पाठ्यक्रम विकास केन्द्रका निर्देशक श्री गणेश भट्टराई
३.पाठ्यक्रम विकास केन्द्र विषय विज्ञ श्री खिलनारायण श्रेष्ठ