समाचार
Flash News
अभिमुखीकरणका केही झलकहरु
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तयार गरिएको Covid-19 Surveillance System को मोबाइल एप नगरपालिका भित्रका सबै नागरिकहरुको पहुँचमा पुर्याउने सन्दर्भमा आज मिति: २०७७/०१/०४ गते उक्त मोबाइल एप प्रयोग सम्बन्धी नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रसासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, न.पा. का कर्मचारीहरु र स्वास्थ्य चौकीका प्रमुखहरु सहभागी भई भिडियो कन्फेरेन्सबाट अभिमुखीकरण भयो।उक्त एप प्रयोग सम्बन्धमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क बाट डा. राजन पराजुली, काठमाडौँ मोडेल अस्पतालका डा. उदय कोइराला, धुलिखेल अस्पतालका डा. राम बहादुर गुरुङ्ग, डा. आभा श्रेष्ठ र डा. प्रेमल जोशीले सहजीकरण गर्नुभयो।