FAQs Complain Problems

शिलबन्दी दरभाउपत्र आवहानको सुचना

मण्डनदेउपुर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

महादेवस्थान, काभ्रे

३ नं. प्रदेश, नेपाल।

 

शिलबन्दी दरभाउपत्र आवहानको सुचना
प्रथम पटक प्रकाशित मिति २०७४ं/१२/१८

१. यस मण्डनदेउपुर नगरपालिका र सडक बोर्ड नेपालको संयुत्त साझेदारीमा आ.व. २०७४/०७५ मा यस न.पा. अन्तर्गतका तपशिलका सडकहरुको स्तरउन्नती गर्नुपर्ने भएकाले योग्य फर्म, संस्थाहरुले शिलबन्दी दरभाउत्रप पेश गर्नु हुन अनुरोध गरिएको छ।

 

क्र.स.

कामको विवरण

टेक्का संकेत नं.

जमानत वापत धरौटि रकम

दरभाउपत्र फारमको मुल्य

1

काशिभञ्याङ हिले नयाँगाउँ सडक

प्रा. शा. ०५/०७४/०७५

रु २८५४२|-

१०००(फिर्ता नहुने गरी)

2

राम्चे झगरेडाँडाँ सडक

प्रा. शा. ०६/०७४/०७५

रु २८६१५|-

१०००(फिर्ता नहुने गरी)

3

सिपाघाट चुरीथुम्का हलेदे कात्तिके सडक

प्रा. शा. ०७/०७४/०७५

रु ३२१७५|-

१०००(फिर्ता नहुने गरी)

 

२. लिखित निवेदनका (जसमा रु १० को टिकट साथै कुनै कारबाहिमा नपरेको, खरिद कार्यमा भाग लिन योग्य भएको साथै यस कार्यमा आफ्नो स्वार्थ  नभएको स्व घोषणा) साथ मु.अ. कर दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्वर दर्ता प्रमाणपत्र, फर्म वा कम्पनी दर्ता प्रमाणपत्र, आ.ब. २०७३|०७४ को करचुत्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी पेश गरी यस कार्यालयको राजश्व उपशाखाबाट दस्तुर रु १,०००| तिरी मिति २०७५|०१|०२ गतेसम्म यस कार्यालयबाट फर्म लिन सकिनेछ।

३. शिलबन्दी दरभाउपत्र सम्बन्धि कागजात मिति २०७५|०१|०३ गते १२:०० बजे भित्र यस कार्यालयको राजश्व उप शाखामा दर्ता गरिसक्नुपर्नेछ र सोहि दिनको १४:०० बजे दरभाउपत्र खोलिनेछ।

४. दरभाउपत्र सम्बन्धि कागजात खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा सो सम्बन्धि कार्य कार्यालय खुलेको पहिलो दिनको सोहि समयमा गरीने छ।

५. धरौटी रकम यस कार्यालयको सञ्चित कोष खातामा दाखिला गरी सोको सक्कल भौचर पेश गर्ने सकिनेछ वा क वर्गको वाणिज्य कार्यालयको नाममा जारी गरीएको विड वण्ड कम्तिमा 75 दिन म्याद भएको पेश गर्न सकिनेछ।

६. दरभाउपत्र सम्बन्धि थप जानकारीका लागि राजश्व उपशाखाको फोन नं. ०११४१२११३ मा कार्यालय समयमा सम्पर्क राखी बुझन सकिनेछ।

७. अन्यको हकमा प्रचलित कानुन बमोजिम हुने व्यहोरा अनुरोध छ।

आर्थिक वर्ष: