समाचार
Flash News
वडा नं. १
मण्डनदेउपुर नगरपालिका वडा नं. १ साविको वालुवापाटी देउपुर गा.वि.स. को वडा नं. १,३,५ र ६ मिलेर वनेको वडा हो। करीव २३००० रोपनी मा फैलिएको यस वडामा ३४८१ जनसंख्या रहेको छ। यहाँ वसोवास गर्ने प्रमुख जातीहरुमा तामाङ, वाहुन, क्षेत्री, दमाई, कामि र मगर रहेको छ। यस वडाका वासीन्दाको मुख्य पेशा कृषि तथा पशुपालन, वैदेशिक रोजगारी, ज्याला मजदुरी, सेवा पर्यटन रहेको छ। हावापानी उष्ण - समाशितोष्ण रहेको तथा उचाई ७५० मि. देखि १८५० मि. सम्म रहेको छ। यस वडाको पुर्वमा यहि न.पा. को वडा नं. २ र ५, पश्चिमा यहि न.पा. को वडा नं. २ र शंखरापुर न.पा., उत्तरमा शंखरापुर न.पा. र मेलम्ची न.पा. र दक्षीणमा यहि न.पा. को वडा नं. २ रहेका छन्। यस वडामा कुल घरधुरी ७४७, कुल विद्यालय ४, जम्मा विद्यार्थी ३०४, मुख्य सडक कात्तिके - ढाँडागाँउ - गैरीगाँउ - रानीवन चुरीथुम्का सडक, साखु - कात्तिके - चुरीथुम्का - सिपाघाट सडक र नगरकोट - वालुवापाटी - गैरीविसौना - हिगुवापाटी सडक रहेका छन्।
सम्पर्क नं.
वडा अध्यक्ष : लक्ष्मण प्रसाद वास्ताकोटी :- ९८५१२१७७६८
वडा सदस्य : जोग बहादुर तामाङ :- ९८४०२८३६०१
वडा सदस्य : राम प्रसाद ढकाल :- ९८४९६५३३६२
महिला सदस्य : अन्जली तामाङ :- ९८४१०४९२९५
दलित महिला सदस्य : सानी कान्छी दमाई :- ९८१८९४५८६२
वडा सचिव :