समाचार
Flash News
मण्डनदेउपुर नगरपालिकाको सम्पत्ति विवरण पेश गर्नेबारे अत्यन्त जरुरी सूचना
मण्डनदेउपुर नगरपालिकाको सम्पत्ति विवरण पेश गर्नेबारे अत्यन्त जरुरी सूचना
यस मण्डनदेउपुर नगरपालिकाले हाल सम्म मालपोत असूल गरी आएकोमा स्थानीय सरकार संचालन ऐन, २०७४ तथा यस नगरपालिकाको स्थानीय आर्थिक ऐन, २०७५ बमोजिम आ.व. ०७५/०७६ देखि सम्पत्ति कर लागू गरिने भएकाले नगरपालिका क्षेत्रभित्र जग्गा रहेका जग्गा धनीहरुलाई आफ्नो जग्गा र सो जग्गामा बनेको संरचनाको विवरण दाखिला गरी नगरपालिकामा लागत कायम गराउनु हुन यो सूचना प्रकाशित गरीएको छ।
सम्पत्तिको विवरण दाखिला गर्ने फाराम मण्डनदेउपुर नगर पालिकाको कार्यालयवाट यहि साउन १५ गतेदेखि वितरण हुने हुँदा फाराम प्राप्त गर्नु भई सो फाराममा सत्यतथ्य विवरण भरी आगामि कात्तिक ३१ गते भित्र नगर कार्यपालिकाको कार्यालयमा दाखिला गर्नुहुन अनुरोध गरिन्छ। यस्तो विवरण जग्गाधनी आफै वा निजको सगोल परिवारका व्यक्ति वा निजको मञ्जुरीनामा प्राप्त व्यक्तिले मात्र बुझाउन सक्नेछन्। नगरपालिकाले तोकेको अन्तिम मितिसम्म पनि विवरण दाखिला नगर्ने जग्गा तथा घरधनीहरुले विलम्ब शुल्क तिर्नुपर्ने हुँदा तोकिएको समय भित्रै आ आफ्नो सम्पत्ति (घर र संरचना) को विवरण पेश गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
सम्पत्ति करको विवरण दाखिला गर्नका लागि आ व ०७४/०७५ सम्मको मालपोत र भूमिकर चुक्ता गर्नु पर्नेछ। सम्पति कर तिरे पछि सो घर जग्गामा मालपोत भूमिकर र घर / जग्गा कर नलाग्ने व्यहोरा समेत जानकारी गाराइन्छ।
साथमा लिई आउनुपर्ने कागजातहरु
- नागरिकताको प्रतिलिपि
- लालपुर्जाको प्रतिलिपि तथा सक्कल
- नक्शा पास भएको हकमा घरको नक्शा पास प्रमाण पत्र तथा प्रतिलिपि
- विगतमा मालपोत तिरेको रसिद