समाचार
Flash News
नगर अस्पताल शिलान्यास कार्यक्रमको केही झलकहरु
आज मिति २०७७/०३/१० गते बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय युवराज दुलालको प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य माननीय लक्ष्मण लम्साल एवं माननीय बसुन्धरा हुमागाईंको विशेष आतिथ्यतामा नगरस्तरीय अस्पताल निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भयो । नगरप्रमुख श्री टोक बहादुर वाईवाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला शाहीले स्वागत गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपानेले सञ्चालन गर्नु भएको थियो । सो कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, जि.स.स. उपप्रमुख र स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुखले शुभकामना व्यक्त गर्नुभयो ।