समाचार
Flash News
नगरपालिकाकाो प्रशासनिक भवन तथा नगर स्तरीय खेलग्राम सम्बन्धित छलफल कार्यक्रम
मण्डनदेउपुर नगरपालिकाको विषेश पहलमा यस नगरबाट प्रतिनिधित्व गर्नुहुने संविधान सभा सदस्य द्धय श्री कृष्ण प्रसाद सापकोटा र श्री विदुर प्रसाद सापकोटा, नगर प्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, नगरकार्यपालिकाका सदस्यहरु, नगरका प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कन्सल्टेन्टहरु लगायत नगरपालिकाका कर्मचारीहरु सहितको टोलिले यस नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य प्रारम्भ गर्न यस नगरपालिकाको मनमती डाँडाको जग्गामा DPR तयार पारि अन्तिम रुप दिनका लागि स्थलगत रुपमा अवलोकन तथा निरीक्षण गरि राय सल्लाह सुझाव लिने कार्य पूरा गरियो। साथै नगर स्तरीय खेलग्राम निर्माण गर्नका लागि नगरपालिकाले तयार पारेको प्रस्तावित खेलग्रामको DPR माथि अन्तरक्रिया गरि थप राय, सुझाव र सल्लाह दिई समापन गरियो।