FAQs Complain Problems

टेन्डर आह्वान (सिपाघाट हिगुवापाटी जिरोकिलो बैकल्पिक मोटर बाटो)

मण्डनदेउपुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
महादेवस्थान, काभ्रेपलाञ्चोक
सिलवन्दी बोलपत्र आव्हान सम्बन्धी सुचना

                 (प्रथम पटक प्रकाशित मिति-: २०७५/०२/०४)

                    यस नगरपालिकाको बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत सिपाघाट हिगुवापाटी जिरोकिलो बैकल्पिक मोटर बाटोको कार्य सम्पादन राष्ट्रिय स्तरको बोलपत्रको माध्यमबाट गर्नु गराउनु पर्ने भएकोले नेपाल सरकार बाट इजाजत पत्र प्राप्त ईच्छुक नेपाली निर्माण व्यवसायी, फर्म, कम्पनीहरुबाट निम्न लिखित शर्तको अधिनमा रहि रितपूर्वकको सिलबन्दी बोलपत्र आव्हान गरिन्छ ।
१. बोलपत्र सम्बन्धी कागजात मिति २०७५ असार ०३ गतेसम्म बोलपत्रदाता वा निजको अधिकार प्राप्त व्यक्तिले तल उल्लेखित फाराम (पछि फिर्ता नहुने गरी) यस कार्यालयमा नगद दाखिला गरी सोको नगदी रसिद सहित प्रमाणित अद्यावधिक नवीकरण भएको इजाजतपत्र, आयकर दर्ता तथा मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र, अद्यावधिक करचुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपिहरु संलग्न राखी निवेदन दिई यस कार्यालयको राजश्व उपशाखाबाट कार्यालय समय भित्र खरिद गर्न सकिनेछ ।
२. खरिद गरिएको बोलपत्र फारम मिति २०७५ असार ०४ गते दिनको १२ः०० बजेभित्र सिलबन्दी गरि यस कार्यालयमा दर्ता गराउनु पर्नेछ । दर्ता हुन आएका बोलपत्रहरु सोही दिन दिनको २ः०० बजे बोलपत्रदाता वा निजहरुको प्रतिनिधिहरुको रोहवरमा वा निजहरुको उपस्थिति नभएपनि कार्यालय प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ । बोलपत्रदर्ता तथा खोल्ने दिन विदा परेमा सोको भोलिपल्ट सोही समयमा उल्लेखित कामहरु गरिनेछ ।
३. बोलपत्रको मान्य अवधि बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट ९० दिनको हुनेछ । बोलपत्र साथ यस सूचनामा उल्लेख भए बमोजिमको धरौटी रकम यस कार्यालयको नाममा जनता बैक नेपाल लिमीटेड, कुन्तावेशी शाखामा रहेको खाता नं. ग–३ धरौटी ण्टद्दण्ण्ढण्द्धढटडठद्धण्द्ध मा नगद जम्मा गरेको सक्कल बैंक भौचर वा नेपाल सरकारबाट क बर्गको मान्यता प्राप्त वाणिज्य बैंकहरुबाट यस कार्यालयको नाममा जारी गरिएको र बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तिमा १२० दिन मान्य अवधि भएको बैंक ग्यारेण्टी (विड सेक्युरिटी) पेश गर्नु पर्नेछ । बोलपत्र सूचना प्रकाशित हुनु भन्दा अगाडीको मितिको विड सेक्युरिटी वा भौचरलाई मान्यता दिइने छैन । बोलपत्र स्वीकृत भएमा सम्बन्धित बोलपत्रदाताले ठेक्का सम्झौता गर्न आउँदा बोल कबोल अंकको ५% ले हुने रकम बराबरको कम्तिमा कार्य सम्पन्न गर्ने अवधि भन्दा कम्तिमा १३ महिना अवधि भएको परफरमेन्स सेक्युरिटी वा नगद धरौटीको सक्कलै भौचर र माथि उल्लेखित प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित सम्पर्क गर्नु पर्नेछ ।
४. बोलपत्रदाताले परिमाणको मूल्यपत्र ९द्यइत्त० मा मूल्य अभिवृद्धि कर बाहेक तिर्नुपर्ने सबै कर, यस कार्यसँग सम्बन्धित विविध खर्च र शुल्कहरु समावेश गरि अङ्क र अक्षर दुवैमा स्पष्टसँग दररेट उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको दररेटलाई मान्यता दिइने छ । केरमेट भएका ठाउँहरुमा बोलपत्रदाताले सहिछाप गरेको हुनु पर्नेछ ।
५. एक निर्माण व्यवसायी, फर्म, कम्पनी वा संस्थाको नाममा खरिद गरिएको बोलपत्र अर्को , फर्म, कम्पनी वा संस्थाको नामबाट दाखिला गर्न पाईने छैन ।
६. रीत नपुगेको वा म्याद नाघीआएको वा कुनै पनि सर्त राखी कैफियत खुलाई दर्ता गरिएको बोलपत्रउपर कुनै कारवाही हुने छैन ।
७. बोलपत्र सम्बन्धी कागजातमा भाषागत समेत त्रुटी भएमा वा विषय÷ प्रसङ्गले अन्यथा अर्थ लागेमा यस कार्यालयलाई कुनै पनि वेला सो सच्याउन वाधा पर्ने छैन । कारण जनाई वा नजनाई सिलबन्दी बोलपत्र स्वीकृत गर्ने वा  नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
८. बोलपत्रदाताले स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ को नियम ९० को उपनियम २ को (ङ) बमोजिमको विवरण उल्लेख गरि लिखित घोषणापत्र बोलपत्रसाथ संलग्न राख्नु पर्नेछ ।
९. सिलबन्दी खामको बाहिर बोलपत्र दिएको खरिद कार्यको विवरण, यस कार्यालयको नामका साथै बोलपत्र दिने निर्माण व्यवसायिक, फर्म वा संस्थाको नाम, छाप, तुरुन्त सम्पर्क राख्न सकिने ठेगाना र फोन नं. समेत स्पष्ट उल्लेख हुनुपर्नेछ ।
१०. यस सूचनामा उल्लेख हुन बाँकीको हकमा प्रचलित कानून अनुसार हुनेछ ।
११. बोलपत्र सम्बन्धी कुनै कुरा बुझ्न चाहेमा यस नगरपालिकामा ०११४१२११३ मा  सम्पर्क राखी बुझ्न सकिनेछ । साथै यो फारम यस नगरको web site www.mandandeupurmun.gov.np /www.bolpatra.gov.np  बाट पनि डाउनलोड गर्न सकिनेछ ।

तपशिल

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: