FAQs Complain Problems

ग्यालरी

सहायक प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मीदेवि हुमागाई खतिवडा ज्यूबाट यस नगरपालिकाको न्यायिक इजलास र न्यायिक समितिले गरेका कामहरुको अवलोकन तथा निरिक्षण गर्नु भएको छ। सो अवसरमा नगरपालिकाका उपप्रमुख श्री निर्मला शाही ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपाने ज्यू लगायत सिभिक्ट नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

मिति: 12/13/2020 - 15:58
, , ,

मण्डनदेउपुर नगरपालिकाले नगर भित्र सञ्‍चालित संस्थागत (निजी) विद्यालयहरुलाई विद्यार्थिको स्वास्थ्य सुरक्षाका साथ पठनपाठन सञ्‍चालनका लागि माक्स, स्यानिटाइजर र वाल्टिन वितरण गरेको छ। नगर प्रमुख श्री टोक बहादुर वाईवा ज्यूद्धारा स्वास्थ्य सामग्रीहरु वितरणका केही झलकहरु।

मिति: 12/09/2020 - 14:01
, , , , , , , , ,

मण्डनदेउपुर नगरपालिका, अपाङ्गता समन्वय समितिको आयोजना, रिमरेक तथा रेडक्रस सोसाइटीको समन्वय र सिबिएम् नेपालको साझेदारीमा अन्तरराष्ट्रिय अपाङ्गता दिवस २०७७ सम्पन्न भयो । अपाङ्गता समन्वय समितिका संयोजक नगर उप-प्रमुख श्री निर्मला शाही ज्यूको अध्यक्षता र नगर प्रमुख श्री टोक बहादुर वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त दिवस समारोहका केही झलकहरुः

मिति: 12/03/2020 - 17:22
, , , , , , , , , ,

मण्डनदेउपुर नगरपालिका अन्तरगतका नदीजन्य पदार्थमा आधारित उद्योगहरु नियमन तथा अनुगमनका लागि गठित नगरस्तरीय अनुगमन समिति श्रीमान नगरप्रमुख ज्यूको संयोजकत्वमा मण्डनदेउपुर नगरपालिकाको वडा नं ६ स्थित सिपाघाटमा रहेका ह्युम पाइप उद्योगहरु र व्लक उद्योगका अनुगमन कार्यक्रमका केहि झलकहरु।

मिति: 12/02/2020 - 13:34
, , , , , , , , , , , , ,

मण्डनदेउपुर नगरपालिकाका नगर उपप्रमुख ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडाध्यक्ष ज्यूहरु तथा नगरपालिकाका प्राविधक लगायत अन्य -कर्मचारीहरुको टोलिले हिगुवापाटी-देउपुर-नगरकोट सडक अन्तरगतकको पहिलो खण्डमा Prime coat गर्दै गरिएको स्थानको अवलोकन गरिदै।

मिति: 12/02/2020 - 10:29
, , , ,

मिति: २०७७/०८/०९ र १० गते नगर प्रमुख श्री टोक बहादुर वाइबा को प्रमुख अध्यक्षतामा , प्रमुख प्रशासकीय अधिकृत श्री प्रणराज न्यौपाने, विभिन्न वडाको वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, स्वास्थ्य शाखाका प्रमुख श्री सुशीला कठायत तथा स्वास्थ्य शाखाका कर्मचारीहरु र विद्यालयका प्र.अ.हरुको सहभागितामा कोरोना भाइरस (Covid-19) महामारी रोगका कारण बन्द रहेका यस नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरु व्यवस्थित रुपमा संचालन गर्नका निमित्त विद्यालय स‌ंचालन कार्य ढाँचा विषयमा छलफल तथा विद्यालय संचालन व्यवस्थापनका लागि विभिन्न स्वास्थ्य सामग्रीहरुः माक्स, स्यानिटाइजर, साबुन, बाल्टिन आदि वित

मिति: 11/26/2020 - 12:15
, , , , , , , , , , , , , , , ,

Pages