FAQs Complain Problems

वडा नं. २

      कुनै बेला नाल्दुम महादेवपोखरी भनेर चिनिने,  साबिक वालुवापाटी देउपुर गाविस वडा नं. २,  ४,  ७,  ८  र ९ पछि राज्यको संघीय संरचना स्थापित भएपछि हाल मण्डनदेउपुर नगरपालिका वडा नं. २ भनेर चिनिन्छ । यो काभ्रेपलाञ्चोक जिल्लाको उत्तरपश्चिममा अवस्थित छ। पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान नगरकोट पनि यसमा नै समाविष्ठ छ। यसले मण्डनदेउपुर नगरपालिकाको वडा नं १, ५ र ३ सँग सिमाना गाँसेको छ। प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोट यसै वडाको पश्चिममा चाँगुनारायन नगरपालिका - वडा नं. ६ भक्तपुरसँग र शंखरापुर नगरपालिकाको वडा नं. ४ सँग दक्षिण पूर्वी सिमानामा पर्छ। यस वडाको उचाई समुन्द्र सतहदेखि उचाई ७५० मिटरदेखि १८५० मिटरसम्म रहेको छ। अधिकांश भूभागबाट सूर्योदय, सूर्यास्त अवलोकनको साथै ३६०° पामोरामिक भ्यु  हेर्नका लागि प्रसिद्ध मानिएको सगरमाथाको दृश्यावलोकन गर्न सकिने नेपालका थुप्रै उच्च टाकुराहरुको दृष्यावलोकन गर्न सकिने स्थानहरू समाविष्ठ छन्। यहाँबाट ६४०० मिटरदेखी ८८४८ मिटर सम्मका हिमशृङ्खलाहरू देख्न सकिन्छ ।

संस्कृति र रहनसहन

         यहाँ बसोबास गर्ने प्रमुख जातिहरुमा तामाङ, बाहुन, क्षेत्री, ठकुरी , गुरुङ र दमाई लगायत विभिन्न जात जातिहरू रहेका छन्। यस वडाका वासिन्दाको मुख्य पेशा कृषि तथा पशुपालन, व्यापार,  वैदेशिक रोजगारी,  ज्याला मजदुरी,  सेवा पर्यटन रहेको छ। हावापानी उष्ण- समाशितोष्ण  रहेको छ। यहाँ विभिन्न चाडपर्ड तथा जात्राहरू मनाइने गरिन्छ। यहाँका मुख्य स्थानहरूमा चिसंखु, नाल्दुम, मकैबारी, गुरुङ गाउँ, रोहिनी, साठी कुरिया, बालुबापाटी, मेशागाँउ, चित्ते, डाँडाथुम आदि पर्दछन्। यस वडाभित्र विभिन्न देवस्थान तथा मन्दिरहरू रहेका छन्। प्रसिद्ध महाकाल मन्दिर यसै गाविसमा रहेको र महांकालको शक्तिवाट समेत वडा महाराजधिराज पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरिसकेपछि मती महांकाल भन्ने मन्दिर काठमाडौँमा स्थापना गरेर काठमाडौमाथि विजय प्राप्ति गरेका जनश्रुतिहरुवाट पनि यस स्थल पवित्र ऐतिहासिक तथा धार्मिक स्थल हो भन्ने कुरा थाहा पाउन सकिन्छ ।

प्राकृतिक विविधता

         यस वडामा उष्ण वातावरणदेखि शीतोष्ण वातावरणसम्म पाइने विभिन्न किसिमा जडीबुटीहरू, वन्यजन्तु तथा वनस्पतिहरू पाइन्छन्। यस वडा किटपतङ्ग र चराहरूको बासस्थान रहेको छ। विभिन्न किसिमको खोज तथा अनुसन्धानको केन्द्र पनि बनिरहेको छ। यस विविधकाको कारणले गर्दा यस भेगमा कृषि, पशुपालन, पुष्प व्यवसाय, फलफूल खेती, जडीबुटी, मौरीपालन जस्ता विभिन्न सम्भाव्यताहरू रहेका छन् र यी व्यवसायहरूलाई व्यवसायिक बनाएर जीवनस्तर सुधार गर्न सकिन्छ।

पर्यटन 

        देशको आर्थिक तथा पर्यटकीय क्षेत्रमा नगरकोटले निकै ठूलो योगदान पुर्‍याउँदै आएको छ। विदेशी एवं स्वदेशी पर्यटकको लागि सबै सुविधा युक्त ६० भन्दा माथि होटेल रिसोर्ट र होमस्टेहरुले सुविधा प्रदान गर्दै आएको छ । यस क्षेत्रमा होमस्टे तथा स्थानीय रोजगारी तथा सीप विकास गर्न सकिने पर्याप्त सम्भाव्यताहरू छन्। जसको माध्यमबाट दीगो पर्यटन र आर्थिक विकासको सम्भावना रहेकोछ।

इतिहास

         नामाकरणको हिसावले पुरानो वालुवापाटी देउपुर गाविस भनेर नाम रहनु भन्दा अघि यसलाई नाल्दुम गाउँ पञ्चायत भनेर चिनिन्थ्यो । ऐतिहासिक महत्त्वका दृष्टिकोणले पनि श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानको क्रममा काठमाडौँ कब्जा गर्नका लागि नाल्दुमवाट आर्थिक नाकावन्दीको अभियान सुरु गर्नु भएको  र श्री पर्शुराम थापाको नेतृत्वमा नाल्दुम गढी कब्जा (वि.सं. १८०३) भएको कुरा उल्लेख गरिएको पाइन्छ । पछि राणाकालमा पनि विभिन्न राणा महाराजाहरूको दरबारहरू रहेको र हाल पनि भँगेरी डाँडा भनिने हाल नेपाली सेना वार कलेज रहेको स्थानमा विभिन्न राणालीन दरबारहरू रहेका छन्। केही दरबार भत्काइए पुनः निर्माणका लागि भत्काइए। नाम चलेका दरबारहरूमा भँगेरी दरबार, पुतली दरबार आदि पर्दछन्।

शिक्षा स्वास्थ्य र सुरक्षा र पहुँच

         भक्तपुरवाट  २० कि.मि. पूर्वमा रहेको यस वडा काभ्रे जिल्ला सदरमुकामवाट ३५ किलोमिटर टाढा अवस्थित छ । मण्डनदेउपुर वडा नं-२  काभ्रे जिल्ला निर्वाचन क्षेत्र नं. २ मा पर्दछ । २२ भन्दा बढी शाखा सडक, २ वटा माध्यमिक विद्यालय, २ वटा आधारभूत विद्यालय,  १  निजी  विद्यालय, एउटा अस्थायी प्रहरी चौकी,  एउटा बर्थिङ सेन्टर सहित स्वास्थ्यसेवा सञ्‍चालनमा रहेको एक स्वास्थ्य चौकी र एक प्रभु  बैँकले यस क्षेत्रमा बैँकिङ सेवा प्रदान गर्दै आएको छ । पर्यटन क्षेत्रको रुपमा आफूलाई विकसित गर्दै लगेको हुनाले मण्डनदेउपुर २ नं वडा राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान राख्न सफल भएको छ।

सम्पर्क नं.

वडा अध्यक्ष :  राजकुमार मल्ल:- ९८५१०१६६५५

वडा सदस्य :  दिनेश घोरासाइने :-  ९८४१६७०००५

वडा सदस्य : राजेन्द्र तामाङ:-  ९८५१२०३८११

महिला सदस्य : सुनकुमारी तामाङ  :- ९८६१२४७७०७

दलित महिला सदस्य : राधिका दर्जी :- ९८४३९७२६३१

वडा सचिव : सुमन खड्का :-९८५१३४४७०३

स्वास्थ्य चौकी इन्चार्ज: गंगाराम पाण्डे:  ९८४१७७१८०७

अस्थाई प्रहरी पोष्ट: ९८५१२१२६६२

वडा प्रविधिक: तुलसा बस्याल: ९८५७०४२९६४

पशु प्रविधिक: राजु ढकाल: ९८५१२१०९२४