FAQs Complain Problems

प्रशासकीय भवन समुद्‍घाटन

Read More

प्रशासकीय भवन समुद्‍घाटन कार्यक्रम

Read More

नगरकोट

Read More

गोल्भेडा खेती

Read More

त्रिनेत्रेश्वर महादेव गुफा

Read More

डेडी थुम्का क्याम्पस

Read More

चाखोला फाँट

Read More

भिम्शेन थुम्कामा रहेको वुद्ध पार्क

Read More

मण्डनदेउपुर नगरपालिकामा तपाईलाई स्वागत छ l

मण्डनदेउपुर नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित छ। नेपालको राजधानि काठमाडौंबाट उत्तर-पूर्वमा ५५ कि.मि. दुरीमा रहेको यस नगरपालिकाको क्षेत्रफल ८९ वर्ग कि.मि. रहेको छ। यस नगरपालिका साविक  बालुवापाटी देउपुर, गैरीवीसौना देउपुर,नयाँगाउँ देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जैसीथोक मण्डन र ज्याम्दि मण्डन (१-४ , ६) गा.वि.स गरी सात गा.वि.स मिलेर सम्वत २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशनपछि अस्तित्वमा आएको हो। यस नगरपालिकाको पूर्वमा भम्लु गाउँपालीका,पश्चिममा भक्तपुर र काठमाडौं, उत्तरमा सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा बनेपा र पाँचखाल नगरपालिका रहेको छ।मध्यम पहाडी हावापानी भएको यस नगरपालिकालाई विभिन्न १२ वटा वडामा विभाजन गरिएको छ । यहाँको कुल जनसंख्या ३२,६५९ रहेको छ जसमा पु्रुष १५,३२० र महिला १७३३९ रहेका छन् साथै लैङ्गिक अनुपात ८८.३६ र जनघनत्व ३६७ प्रति वर्ग कि.मी. रहेको छ ।

यस नगरपालिकामा विशेष गरी हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको छ । यहाँ ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई र पर्यटन व्यवसायलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन् । धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक रहेकोले यस नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको छ । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस नगरमा मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् । मण्डनदेउपुर काभ्रे जिल्लाकै सबैभन्दा कान्छो नवगठित नगरपालिका भएकोले यसलाई एक सक्षम नगरपालिकाको रुपमा स्थापना गर्ने चुनौति  समग्र नगरवासी तथा सरकारी र गैरसरकारी निकायहरुको काँधमा आई परेको छ । यहाँ भएका सम्भावनाहरुलाई अवसरको रुपमा परिणत गर्न र यहाँ रहेका समस्याहरुको न्यूनीकरण गर्ने क्रममा योजनावद्ध तवरबाट लाग्नु पर्ने आवश्यकता छ ।

जन प्रतिनिधि

नगर प्रमुख
९८५११९९९१८
नगर उप प्रमुख
9851254315

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9851243560
khadkamb@yahoo.com
सूचना अधिकारी
9851359612
suchanaadhikari@mandandeupurmun.gov.np

सेवाहरु

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- रु ५००।–
आवश्यक कागजातहरुः-

आवश्‍यक कागज पत्रहरु

सेवा प्रकारः-
सेवा समयः- निवेदन दिएको ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००।–
आवश्यक कागजातहरुः-

आवश्‍यक कागज पत्रहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- तुरुन्‍तै
जिम्मेवार अधिकारीः- कर उपशाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- न.पा. बाट निर्धारित व्यवसायको प्रकृति वमोजिमको दर
आवश्यक कागजातहरुः-

फोटो २ प्रति, नागरिकताको फोटोकपी १ प्रति र निवेदन

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- प्रमाण पुरा भए सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासन शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- कारवाही दरवन्दी अनुसार
आवश्यक कागजातहरुः-

वडाको सिफारिस, नागरिकताको फोटोकपी, सम्पत्ति कर तिरेको रसिद,लालपुर्जाको फोटोकपी, सक्कल प्रमाणित नापी नक्सा, आवश्यक अनुसार सर्जमिन, ट्रेस नक्सा (प्रति लाख रु ६०।–)

सेवा प्रकारः-
सेवा समयः- आवश्यक प्रकृया पूरा भएपछि(बढिमा ७ दिन)
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत र योजना शाखा
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- कर दरवन्दी अनुसार प्रति स्क्वयर रु.५।–
आवश्यक कागजातहरुः-

डि.पि.सी. सम्म वनिसकेको व्यहोराको निवेदन, स्वीकृत अस्थायी इजाजत पत्र तथा नक्सा

जानकारी