FAQs Complain Problems

यस नगरपालिकाले चालु आर्थिक वर्ष २०७५।०७६ का योजनाहरु संचालन गर्ने सम्बन्धमा देहाय बमोजिकमा कार्यहरु गर्ने गराउने वारेको सूचना।

मिति २०७५।०९।०४

यस नगरपालिकाले चालु आर्थिक वर्ष २०७५।०७६ का योजनाहरु संचालन गर्ने सम्बन्धमा देहाय बमोजिकमा कार्यहरु गर्ने गराउने वारेको सूचना।

  • चालु आ.व. मा स्वीकृत भएका सबै योजनाहरु विभिन्‍न माध्यमबाट सार्वजनिक गर्ने।
  • २०७५ पुस 10 गते भित्र उपभोक्ता समिति गठन गरिसक्ने र पौषको २0 गते सम्म उपभोक्ता समितिलाई तालिम दिने।
  • पुष १५ गते देखि सडकको सिमांकन गर्ने।
  • पुष महिना भरीमा सबै योजना सम्झौता गरिसक्ने।
  • ४५ लाख भन्दा माथीका सबै योजनाहरु ठेक्काबाट संचालन गर्ने यसरी ठेक्का वन्दोवस्त गर्दा अनिवार्य E-Bidding (विद्युतीय वोलपत्र) को माध्यमबाट गर्ने।
  • टोल विकास संस्था गठन गर्ने कार्यविधि अनुसार सबै वडाहरुमा टोल विकास संस्था गठन गरी त्यस्ता संस्थाहरु समेतलाई योजना आयोजना संचालन / अनुगमनको कार्यमा क्रियाशिल गराउने।
  • 14 देखि 20 मिटर क्षेत्राधिकार भएका सडकहरु निर्माण गर्दा कम्तीमा नौ मिटर चौडाई हुने गरी निर्माण कार्य गर्ने र ति सडकहरुमा पक्कि नाली निर्माण गर्ने।
  • पुष मसान्त भित्र उपभोक्ता समिति गठन गरी सम्झौता हुन नसकेका ४५ लाख भन्दा कम रकमका आयोजनाहरु समेत ठेक्‍काबाट संचालन गर्ने।
  • चैत्र मसान्त सम्ममा सबै आयोजनाहरु सम्पन्‍न गरिसक्ने।
  • निम्न सडकहरुको DPR गर्ने।
  • नगरकोट, गैरीवीसौना, हिगुवापाटी सडक
  • सिपाघाट, चुरीथुम्का, कात्तिके सडक
  • वयरबोट, सर्वझाङ, सिमखेत, सिङ्गे, चित्ते गाउ, छाँप, चुरीथुम्का सडक
  • हिगुवापाटी, पौवा, चण्डेनी, रामपुर, कोलाचौर सडक
  • फेदी, जैसिथोक, चण्डेनी, हल्दे छाँप, आँपघारी सडक

 

...............................
(मोहन अधिकारी)

प्रमुख प्रशासकीय अधिकृत

आर्थिक वर्ष: